शनिबार, साउन १६, २०७८

सुनको मूल्य प्रतितोला ९४ हजार पुग्यो, कारोवार शून्य

ज्योतिन्यूज २०७७ साउन ७ गते १४:२३

काठमाडौँ, ७ साउन (रासस) ः
मङ्गलबार छापावाला सुन प्रतितोला रु ९२ हजार ७०० र तेजाबी सुन प्रतितोला रु ९२ हजार २६० मा खरिदबिक्री भएको थियो । 
यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु ९५ ले बढेर एक हजार १३५पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय 
बजारमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले बताउनुभयो ।अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य 
प्रतिऔँस एक हजार ८६८.४५ डलर पुगेको छ । अध्यक्ष सुनारले अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा पनि
 सुनको मूल्य बढेको बताउनुभयो । दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोवार शून्यमा झरेको महासङ्घले जनाएको छ ।
 “नेपाली बजारमा मुख्यत कोरोनाको असरका कारण कारोवार शून्य भएको हो”, उहाँले भन्नुभयो । देशभरका सुनचाँदी व्यवसायीले
 सुनको कारोवार ठप्प भएको आफूलाई जानकारी गराएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया