सोमबार, फागुन १७, २०७७
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • बिचार
  • प्रदेश
  • मनोरन्जन
  • जीवनशैली
  • प्रविधि
  • शिक्षा
  • विश्व
  • खेलकुद

साँगाबाट उपत्यका प्रवेश गर्ने १३ मा कोरोना पोजिटिभ

ज्योतिन्यूज २०७७ साउन २० गते ८:०१
एक हप्तामा पूर्वी–नाका साँगाबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ जनामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञ टोलीले उपत्यका प्रवेश नाकामा सवारी साधनका यात्रुमा गरिएको कोरोना सङ्क्रमण परीक्षणमा उक्त सङ्ख्यामा कोरोना पोजिटिभ देखिएको हो ।
लकडाउनको अन्त्यपछि टोलीले उपत्यका प्रवेश गर्ने तीन नाका काभ्रेपलाञ्चोकको साँगासँगै, ललितपुरको फर्पिङ र काठमाडाँैको थानकोटबाट काठमाडौँ प्रवेश गर्ने यात्रुको कोरोना सङ्क्रमण नमूना परीक्षण गर्न स्वाब सङ्कलन गरेको थियो । साँगा–नाकामा मात्रै सङ्कलित तीन हजार ४८२ यात्रुको स्वाब सङ्कलन गरिएकामध्ये १३ मा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार तीन नाकाबाट करीब दश हजार यात्रुको स्वाब सङ्कलन गरिएको थियो । यात्रुको पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण गर्दाको रिपोर्ट पोजिटिभ आएका हो ।
तीन नाकामा सङ्कलित स्वाबको वीर अस्पताल, शिक्षण अस्पताल तथा टेकु अस्पतालमा परीक्षण गरिएको टोलीका सदस्य खेमराज सापकोटाले बताउनुभयो । उहाँका अनुसार तीन नाकामा एक साता यात्रुको स्वाब सङ्कलन गरिएको थियो। “हामीले १० हजार यात्रुको स्वाम्प्लिङ टेष्ट गर्ने योजना बनाएका थियौँ, टार्गेट पूरा भएपछि स्वाब सङ्कलन कार्य बन्द ग¥यौँ”, सापकोटाले भन्नुभयो ।
लकडाउनको अन्त्यपछि कोरोनाको सङ्क्रमण दर पत्ता लगाई आएको विवरणले सरकारलाई कोरोना सङ्क्रमण न्यूनीकरण गर्न थप रणनीति बनाउन मद्दत पुग्ने उद्देश्यले नाकामा जाँच गरिएको मन्त्रालयले जनाएको छ । टोलीले आइतबारदेखि शुक्रबारसम्म तीनै नाकामा उपत्यका प्रवेश गर्ने यात्रुको स्वाब सङ्कलन गरेको हो । रासस

प्रतिक्रिया

सम्बन्धित

प्रधानमन्त्रीले गरे कमल खोलाको पुल उद्घाटन

प्रदेश १ को प्रदेश सभा बैठक बस्दै, अवरोध गर्ने रणनीतिमा ओली समूह

लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ

सन्दर्भ वाणिज्य सङ्घको चुनाव : प्रधानमन्त्रीको गृहजिल्लामा फुटेन नेकपा

स्ट्राइक सावित्राको उपचारमा एन्फाले सहयोग गर्ने

विद्यार्थीलाई कुट्ने शिक्षक हेमराज बिक प्रहरी नियन्त्रणमा

  • पछिल्ला
  • लोकप्रिय
  • गुल्मीको रुरुक्षेत्रमा नगदसहित गहना चोरी
  • कानून निर्माण पर्याप्त भए पनि त्यसको कार्यान्वयन पक्ष निकै कमजोर
  • मृत अवस्थामा फेला
  • कसैले माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन : मन्त्री श्रेष्ठ
  • अवैध रुपमा लुकाई ल्याएको ६ वटा कछुवा सहित पक्राउ
  • प्रचण्डसँग वार्ता गरिरहेका दुई मन्त्री – गौरीशंकर चौधरी र मणि थापा ?
  • यसैसाता आठ करोडको आईपीओ खुल्दै, कति दिन सकिन्छ आवेदन ?
  • मन्त्री क्वार्टरमा बादलको बिलौना – अदालतले बिताउँछ कि क्या हो ?
  • संसद विघटनदेखि पुनःस्थापनासम्मको भित्री कथा : ‘सेटिङ’भत्केको कतिबेला थाहा पाए ओलीले ?
  • पर्वतमा एकजना सहित विभिन्न ठाँउमा ४ जना मृत फेला

सामग्री

  • राजनीति
  • आर्थिक
  • बिचार
  • प्रदेश
  • मनोरन्जन
  • जीवनशैली
  • प्रविधि
  • शिक्षा
  • विश्व
  • खेलकुद
Jyotinews.com

डबल-यु प्रा.लि.

नारायणेश्वर मार्ग, नयाँ वानेश्वर, काठमाडौं
सम्पादक
अमरनाथ ढकाल

सम्पर्क

९८५७०४१२८२
[email protected]
© सर्वाधिकार ज्योतिन्यूज डटकममा सूचना विभाग दर्ताः १८८६ /२०७६-७७