आइतबार, चैत २९, २०७७

४६४ कोरोना संक्रमित थप, काठमाडौंमा मात्रै १०६

ज्योतिन्यूज २०७७ साउन २३ गते १७:०४

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १०६ जना कोरोनासहित देशभर १०६ जनासहित ४६४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले उपत्यकाका  देशभर ४६४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

काठमाडौंमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण देखिएको हो  । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७९२६ पीसीआर परीक्षण गरिएको छ ।४२५ जना कोरानामसक्त भइ डिस्चार्ज भएका छन् । जम्मा डिस्चार्ज हुनेको संख्या १५८१४ रहेको छ । देहभर सक्रीय संक्रमितको संख्या ६३३० क्वारेन्टाइनमा १०२०७ जना रहेका छन्। पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पर्साका ३ जना सिरहा १ र सर्लाही १ का एक जनामा कोरोना संक्रमितको मृत्यु भएको हो ।

प्रतिक्रिया