बुधबार, कार्तिक ३, २०७८

आगलागीबाट सम्पति जलेर नष्ट  

ज्योतिन्यूज २०७७ साउन २६ गते ९:३१

कास्की, २५ साउन

पोखरा महानगरपालिका-२६ कालिका चोकस्थित श्यामु थापाको जुपिटर ड्राइभिङ इन्स्टिच्यूटमा पार्किङ गरी राखेको ग.२ च २९९३ नम्बरको मारुती सुजुकी कार र अन्य ३ वटा मोटरसाइकलमा शनिबार राति आगलागी भएको छ । आगलागीबाट कारको अगाडिको भाग जलेर क्षति भएको छ भने १ वटा मोटरसाइकल र २ वटा स्कुटर पूर्णरूपमा जलेर नष्ट भएका छन् । स्थानीय र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित पक्राउ

रौतहट, चन्द्रपुर नगरपालिका-४ चपुरस्थित सडकबाट ग.२ च ३९७५ नम्बरको कार चालक तनहुँ दुलेगौडा नगरपालिका-४ बस्ने २८ वर्षीय महम्मद मुर्तुजा सहित ३ जनालाईनियन्त्रित लागूऔषध र नगद सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले सवारी साधनहरुलाई जाँच गर्ने क्रममा ४ थान एकसय एमएलको अनरेक्स, १ बोतल पाँचसय एमएलको लागूऔषध जस्तो गन्ध आउने तरल पदार्थ, २ बोतल दुईसय ५० एमएलको लागूऔषध जस्तो गन्ध आउने तरल पदार्थ तथा ५० हजार नेपाली रुपैयाँ, ४५ हजार भारतीय रुपैयाँ र १ दरका १६ थान अमेरिकी डलर बरामदसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया