शनिबार, असोज २, २०७८

धनगढी र आसपासका क्षेत्र जलमग्न

ज्योतिन्यूज २०७७ साउन २६ गते १३:५०

फोटो:रिपब्लिक
धनगढी
निरन्तर वर्षाले यहाँ बजार आसपासका बस्ती मात्रै नभई बजारका मूल सडकसमेत जलमग्न भएका छन् । यसरी मूल सडकमा पानीको तलाउ जम्मा भई आवतजावतमा समस्या भएको छ । स्थानीयका धानबाली डुबानमा परी जलमग्न भई तलाउमा परिणत भएका छन्।
त्यस्तै धनगढीमा निर्माणाधीन अवस्थामा रहेको छलेन सडक र अर्कोतिर रिङरोड निर्माणसँगै पानीको उचित निकासको व्यस्थापन हुन नसकेका कारण पनि थप समस्या निम्तिएको छ । उपमहानगरभित्र भएका प्राकृतिक खोलानाला अतिक्रमण भएपछि डुबानको समस्या बर्सेनी दोहोरिने क्रम बढ्दै गएको छ।
यसअघि पनि झण्डै दुई साताअघि परेको अविरल वर्षाका कारण पनि यहाँका अधिकांश बस्ती जलमग्न हुनाका साथै दर्जनौँ बढी घर तथा पसल डुबानमा परेको थिए।

प्रतिक्रिया