बिहीबार, फागुन २०, २०७७

आज सुनको मूल्य ह्वातेई घट्यो

ज्योतिन्यूज २०७७ साउन २८ गते १२:३९

काठमाडौँ ।
आजका लागि चाँदीको मूल्य प्रतितोला रु एक हजार २१० निर्धारण गरिएको छ ।नेपाली बजारमा पहेँलो धातुको मूल्यमा ठुलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज सुनको मूल्य प्रतितोला रु छ हजार दुईसयले घटेको छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार चारसय र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार नौसय तोकेको छ । यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य पनि प्रतितोला रु २२५ ले घटेको छ ।
मङ्गलबार छापावाला सुनको मूल्य प्रति तोला रु एक लाख एक हजार छ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार पुगेको थियो । अघिल्लो दिनपनि सुनको मूल्य प्रतितोला रु आठसय ले घटेको थियो ।
अन्तरराष्ट्रिय बजारमा पनि पहेँलो धातुको मूल्यमा गिरावट आएको छ । प्रतिऔँस दुई हजार डलर नाघेको सुनको मूल्य आज विश्वबजारमा प्रतिऔँस एक हजार ८९०.५५ डलरमा झरेको छ । महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले अन्तरराष्ट्रिय बजारमै मूल्य घटेकाले नेपालमा पनि सुनको मूल्य ओरालो लागेको बताउनुभयो । विश्वबजारमा सुनको भाउ घट्नाका कारणबारे आफूले अध्ययन गरिरहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया