बिहीबार, वैशाख ३०, २०७८

भन्सार छली अवैध रुपमा ल्याएका सामान बरामद

ज्योतिन्यूज २०७७ साउन २८ गते १३:०३

झापा ।

झापा मेचीनगर नगरपालिका-१५ हेल्दुबारीबाट अवैध रुपमा भारतबाट भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको करिब १९ लाख ४७ हजार ९ सय ७० रुपैयाँ मूल्य बराबरको बिभिन्न सामान सोमबार राति प्रहरीले बरामद गरेको छ ।बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी जाँच गर्ने क्रममा उक्त मूल्य बराबरको सामान बरामद गरेको हो । बरामद सामानमध्ये करिब १८ लाख ७९ हजार मूल्य बराबरको ओरियन कम्पनीको Dietary Supplement का विभिन्न नाम भएका ९ सय ८२ बट्टा र ६८ हजार ३ सय ७० रुपैयाँ मूल्य बराबरको कुर्ता सुरुवाल र बाबा खैनी रहेका छन् ।

बरामद सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु  काठमाडौं ।

डोटी, रुपन्देही र पाल्पाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

डोटी, पूर्वीचौकी गाउँपालिका-१ तल्लो फुलोटमा ना.६ ख २५२९ नम्बरको बस सडकबाट करिब १ सय मिटर तल खोलामा खसेर बुधबार बिहान दुर्घटना हुँदा बसमा सवार हाल नाम, थर, वतन नखुलेका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बसमा सवार अन्य २७ जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

त्यसैगरि रुपन्देही, तिलोत्तमा नगरपालिका-५ स्थित सडकमा लु.५३ प २८७६ नम्बरको स्कुटर आफै अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-११ शिवपुर बस्ने ५४ वर्षीय नारायणप्रसाद बस्यालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै पाल्पाको निस्दी गाउँपालिका-५ पटाकसरमा लु.१ ज २८८७ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ७ सय मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी गाउँपालिका-५ डब्बुडाँडा बस्ने ६३ वर्षीय ठाकुर प्रसाद थालको घटनास्थलमै र सोही गाउँपालिका-४ बस्ने बिष्णुमाया सारुको ३ महिनाको छोरा सिमोवन कालुङको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ६ जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया