बिहीबार, मंसिर १६, २०७८

अब कोरोनाको रुसी औषधी फिलिपिन्समा परीक्षण गरिने

ज्योतिन्यूज २०७७ साउन २९ गते १८:१९

मनिला
कोरोनाभाइरसका विरुद्धमा रुसले बनाएको औषधीको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ ।
चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले बिहीबार जानकारी दिनुभयो ।
परीक्षणका लागि रुसले सहयोग गर्ने पनि उहाँले बताउनुभयो । फिलिपिन्सका हजारौ बिरामीलाई रुसले बनाएको औषधी प्रयोग गरिने भएको छ । तेस्रो चरणको परीक्षण फिलिपिन्ससँगै रुसमा पनि गरिने जनाइएको छ ।
बहुचर्चित रुसी औषधी यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै छोरीमा समेत परीक्षण गराउनु भएको थियो ।
रुसले बनाएको भनिएको औषधीले अहिले विश्वभरी नै चर्चा पाएको छ भने केही देशहरुले औषधी किन्ने मागपत्र समेत पेश गरिसकेको जनाइएको छ ।

प्रतिक्रिया