सोमबार, साउन १८, २०७८

बाराको जीतपुरसिमरामा दुई बर्षे बालकलाई कोरोना संक्रमण

ज्योतिन्यूज २०७७ साउन ३० गते १८:५८

सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालीकामा दुई बर्षे बालकमा कोरोना संक्रमण पुष्टी भएको छ । शुक्रबार थपिएका नयाँ संक्रमित दुई मध्ये वडा नम्बर १ का दुई बर्षे बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको वडा सदस्य रामचन्द्र लामाले जानकारी दिएका छन् ।
जीतपुरसिमरामा आज थपिएका मध्ये १२ जना वडा नम्बर १ का हुन् । यससंगै वडा नम्बर एकमा यस अघि ७ जना गरि १९ जनामा संक्रमित भएका छन् ।
आज थपिएको नयाँ संक्रमित ‘कन्टयाक ट्रेसिङ्ग’ का हुन् । यसअघि संक्रमित देखिएका कतिपय परिवार सबै जसोमा नै संक्रमण देखिएको छ ।

प्रतिक्रिया