शनिबार, वैशाख ४, २०७८

कमला हैरिसले कश्मीर बारे बोलेको कुराको भारतमा चर्चा

ज्योतिन्यूज २०७७ साउन ३० गते २१:४८

नयादिल्ली ।

अमेरीकाको राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार जो बाइडनले भारतीय मूलकी सीनेटर कमला हैरिसलाई उपराष्ट्रपति पदको उम्मेदवार छानेका छन् ।
कमला हैरिसको भारतसंग रहेको नाताका कारण कश्मीर, नागरिकता संशोधन क़ानून (सीएए) र भारत संग जोडिएका अन्य मामिलामा उनका विचारलाई लिएर पनि चर्चा शुरू भएको छ ।
जम्मू-कश्मीरबाट धारा 370 हटाएपछि र त्यसपछि त्यहां लागेको प्रतिबन्धलाई लिएर कमला हैरिसको धारणा वर्तमान भारतीय सरकारको विपरीत छ ।
सेप्टेम्वर 2019 को टेक्सासको ह्यूस्टनमा आयोजित एक कार्यक्रममा उनले कश्मीरमा फोन र इंटरनेट माथि लागेको प्रतिबंध र ठुलो संख्यामा हिरासतमा लिएको बारेमा सोधिएको थियो  ।
यस बारेमा कमला हैरिस ले भनेकी थिइन की “हामी कस्मिरीहरुलाई यो बताउन चाहन्छौं कि उनीहरु एक्लै छैनन, हामीले हेरिरहेका छौं. एउटा राष्ट्रको रुपमा हामीले मानवाधिकार हननका बारेमा बोल्ने नै छौं” ।

कसैले काश्मिर बारेमा कमला हैरिसको यो बयानलाई राष्ट्रपति पदको दौडमा सामेल कुनै पनि अमेरिकी नेताले यस्तो पो  बोले बोले भनि अचम्म मानेका छन् ।
डिसेम्बर 2019 मा कमला हैरिसले भारतका विदेश मंत्री एस.जयशंकरले भारतीय मूल की अमेरिकी सांसद प्रमिला जयपाल संग भेट नगरेको कुरालाई निंदा गरेकी थिइन । प्रमिला जयपाल मोदी सरकारको आलोचक हुन । उनले आफ्नो टुइटरमा “कुनै बिदेशी सरकारको लागि कांग्रेस ले यो भन्नुगलत छ बैठकमा को सदस्य हुन्छ ? म प्रमिला जयपालको पक्षमा रहेकी छु । कमला हैरिस आप्रवासन, शरणार्थि र मुस्लिम माथि प्रतिबंध लगाउने ट्रंप प्रशासनको नीतिकी आलोचक हुन ।बिबिसीबाट

प्रतिक्रिया