शनिबार, असोज ३०, २०७८

पत्नी हत्या गरेको अभियोगमा पक्राउ

ज्योतिन्यूज २०७७ साउन ३१ गते १७:४१

बारा ।
आफ्नै श्रीमती ३९ वर्षीया निर्मला गोले रुम्बालाई कुटपिट गरी हत्या गरेको अभियोगमा
निजगढ नगरपालिका-१३ बस्ने ४० वर्षीय सुकुले रुम्बालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
सामान्य विवादमा सुकुलेले निर्मलालाई कुटपिट गर्दा बेहोस भई उपचारको लागि हेटौंडा
अस्पताल मकवानपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । उक्त घटनाको
खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले सुकुलेलाई पक्राउ
गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ

भक्तपुर ।
सूर्यविनायक नगरपालिका-५ चुनदेवी बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका-५
कुर्कन्टार घर भएका १९ वर्षीय गंगा गिरीलाई १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी
गरेको अभियोगमा बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
गिरीले सोही नगरपालिका चुनदेवीस्थित आफैले संचालन गरेको ड्राईभिङ सेन्टरको
कार्यालय कोठामा २०७६ मंसिर ७ गते ललाई फकाई ती किशोरीलाई जबरजस्ती करणी
गरेको भन्ने खबर बुधबार प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले
उनलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया