मंगलबार, कार्तिक २, २०७८

सम्पादकको कलमबाट

ज्योतिन्यूज २०७७ साउन ३२ गते १३:१५

हामी आयौं

हामी नेपाल र नेपालीको हितका लागि एउटा सानो प्रयासको थालनीमा छौं । अबको यात्रा असहजताको बीचमा सहजताको बाटो पहिल्याउनु हुनेछ । नेपाली जनता सार्बभौमसत्ता सम्पन्न बनेको नेपालको संविधानको पाँचौं वर्षगांठको ठिक एक महिना पहिले हाम्रो यो अविरल यात्रातय हुनु आफैमा संयोग बनेको छ ।

धेरैको बुझाई छ, कति धेरै अनलाईन मिडियाहरु भए ! हो हामी त्यही भिडमा उभिएका छौँ । हामी धेरैका बिचबाट कुन राम्रो भन्ने बिषयमा बहस गर्न ल्याकतले भ्याउँदैनौं । यहाँ राम्रो भन्नाले साजसज्जा होइन , श्रृँगार पनि होइन । केवल सत्य–तथ्य र विश्वसनीयताको हो ।

हामीले देशको संघीय राजधानीबाट  Double-U Pvt.Ltd.  मार्फत ज्योति न्युज डटकम  jyotinews.com  नामक डिजिटल पत्रिका प्रकाशनको सुरुवात गरिरहँदा हामीलाई समाचार स्रोतको आधुनिक माध्यम भन्नमा गर्व अवश्य छ तर प्रतिस्पर्धात्मक मिडियाहरु बिच संचार गृहलाई ब्यवस्थापन गर्नु कम चुनौतीको बिषय भने होइन ।

नेपाली सञ्चार क्षेत्रमा थप सिर्जनात्मक योगदान, लोकतन्त्र, समाजवाद उन्मुख यात्रामा सहकार्य गर्न यस ज्योति न्युज डटकमले आम पाठक वर्गमा सेतुको काम गर्ने छ भन्ने प्रतिवद्धता सहित हामी तपाईको सूचना पाउने अधिकारसंगै सहयात्रामा रहनेछौं ।

मुलतः संघीय राजधानी एवं प्रादेशिक समाचारलाई केन्द्रमा राखी राष्ट्रिय मुद्धाहरुमा हामी अविचलित कलम चलाउन तयार भएर हौँसिएका छौँ । त्यसो त मिडियाको बजार लगाएर मात्र हुन्न भन्नेमा पनि हामी गम्भिर छौँ । त्यसैले पनि अन्यायमा काँडाभन्दा तिखो, जनपक्षधरताका निम्ति फूलभन्दा कोमल भएर उभिने अटल प्रयत्न हामी गर्नेछौँ ।

समानताको आवाज बोकेर तपाईमाझ उभिँदा कहिकतै हाम्रा कलमहरु बहकिन सक्ने यथार्थलाई हामीले बिर्सने छैनौं कदाचित हामी नियतवस भन्दा पनि शिकारुको रुपमा रहेकाले , हो त्यस वखत तपाईका आलोचनात्मक टिप्पणीको हामीलाई सधैँ आवश्कता रहने छ ।

निष्पक्ष र व्यवसायिक पत्रकारितामा हामी अब्बल छैनौँ । हामी सिकाई प्रकृयाको निरन्तर अभ्यासमा रहनेछौँ । ब्यवसायिक पत्रकारितालाई नवीन प्रबिधिसंग जोडेर शुरु गर्न लागिएको यस यात्रामा तपाईहरुको रचनात्मक प्रतिकृया सहित अमुल्य सुझाव, सल्लाह र आलोचनाको सदैव अपेक्षा गर्दछौँ ।

प्रतिक्रिया