शुक्रबार, वैशाख १०, २०७८

बैंक र बैंकर माथि राष्ट्र बैंकको छानबिन: विवरण माग्ने तयारी

ज्योतिन्यूज २०७७ साउन ३२ गते १७:५०

काठमाडौं।
आफ्नो वासलातलाई घुमाएर जसरी हुन्छ नाफा बढाएका बैंकहरुमाथि नेपाल राष्ट्र बैंकले छानबिन गर्नेभएको छ। राष्ट्र बैंकले नीतिगत छुट कार्यान्वयन नगरी बदमासी गरेका कमर्सियल वा बिकाश बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको काम कर्वायीमाथी छानबिन सुरु गर्नेभएको हो ।
यसबारे नेपाल राष्ट्र बैंकले हालै अनुसन्धान थालेको छ। नीतिगत सहुलियत कार्यान्वयन नगरी गन्जागोल गर्ने र ब्याज तिराउन अनावश्यक रुपमा ऋण थपेकोबारेमा उजुरी परेपछी छानबिन सुरु गरेको हो।राष्ट्र बैंक उच्च स्रोतले भन्यो, कमर्सियल वा बिकाशबैंकलाई आफ्नो ऋण राम्रो देखाउन केही बैंकले ग्राहकलाई सोध्दै नसोधी ‘वर्किङ क्यापिटल’ ऋण पनि थपिदिएका छन्।राष्ट्र बैंकले २ प्रतिशत ब्याज छुट कुनकुनले दिए भनेर बैंकहरुसँग रिपोर्ट माग गरेको बुझिएको छ ।उक्त रिपोर्टको अध्ययन पछि अर्को कस्तो कदम लिने भन्ने बारे राष्ट्र बैंकमा छलफल भएको उच्चस्रोतले ज्योतिन्युजलाई बतायो ।’
राष्ट्र बैंकले गत आर्थिक वर्ष ऋणीलाई प्रत्यक्ष फाइदा पुर्‍याउन ब्याजमा छुट दिएको थियो। पहिलो पटकको स्किममा, चैतमा किस्ता तिर्नेलाई उसको ब्याजमा १० प्रतिशत छुट दिने ब्यवस्था थियो।बैंकर्स संघका पदाधिकारीहरुसँग बसेर कसलाई कति छुट दिने भन्दै राष्ट्र बैंकले एउटा सूची बनाएको थियो। त्यो सूचीमा करिब करिब ९० प्रतिशत ऋणहरुले छुट पाउने अवस्था थियो। तैपनि उनीहरुले छुट नपाएको बरु उल्टो बैंकको आम्दानी बढेको देखियो। त्यसपछि राष्ट्र बैंकले बैंकको बदमासी केलाउन सुपरिवेक्षण टोली पठाउने बारे छलफल गरेको हो ।

प्रतिक्रिया