मंगलबार, कार्तिक ९, २०७८

समाजमा प्रलयको दिन अझै आएको छैन

ज्योतिन्यूज २०७७ भदौ १ गते १६:००

हाम्रा सामने उत्तर खोजीरहेका अनगिन्ती प्रश्न ठिंग उभिएका छन् । कयौँ टुहुरा बनेका मुद्दाले अविभावक खोजी रहेका छन् । तर, हामी चुकिरहेका छौ, अदृष्य भयले स्वसेन्सरशिप हुँदैछौं । त्यो छाँया यति जबरजस्त र शक्तिशाली छ कि आफ्नै गौरवता धान्न दिँदैन्। आलोचनात्मक चेतको दुश्मन बन्छ । टुलुटुलु हेर्ने रमिते समाजको हिस्सा बनाँउछ… आखिर त्यो अदृष्य आतंक के हो ?

तपशीलमा थन्केका अनेकौँ मुद्दा न्यायखोज्दै चिच्याइरहेका छन् तर, कलामय तरिकाले बहसहिन बनाईए । समाज, राजनीति, सिद्दान्त र व्यबहार, माहामारीका कारणले विश्वशक्तिमा उग्रदक्षिपन्थी जगमा मौलाउँदो फासीवाद थप मौलायो । युद्द र शान्ति, पर्यावरणको विनासका छताछुल्ल दुर्घटना माहाकाल बने ।

क्रान्ति, विद्रोह र परविर्तन, नायक र खलनायक, आर्दशका धरहरा ढल्दा जागरुक समाज मौन भो । के हामी अहिले समाजवाद उन्मुख राजनीतिक यात्रामा छौं ! कि भ्रष्ट संस्कृतिमा (क्लेप्टोक्रेसी) ? के हाम्रो राजनीतिक अवस्था सामान्य छ र ? उत्तरको त कुरै छोडौँ हामीसंग प्रश्न गर्ने, जिज्ञाशा राख्ने हुति पनि छैन् । जिज्ञाशा र प्रश्न त्यसैले मात्रै गर्छ जस्लाई त्यो उठाउने नैतिक अधिकार राख्छ ।

मौसमविद्ले मौषमको संकेत पाउन सक्छन । धरतीका हलचल र ज्वालामुखी विश्फोटन भूगर्भविद्ले भने चाल पाँउदा रहेनछन् । इण्डियन प्लेट र टिवटियन प्लेटको टकराहट हिमालयन पर्वतश्रृखंलामा अनुसन्धान भइरहेपनि ठ्याक्कै भैंचालो कै तिथी र मिति भने खुट्याउन सक्दा रहेनछन।

भूकम्प र कोरोनाले मान्छेलाई गम्भीर संकेत र सन्देश दियो । प्रकृति, इतिहास र युगिन साहित्यले संकेत दिइरहेका, प्रश्न गरिरहेका हुन्छन् । राजनीतिकशास्त्रीले सामाजिक नाडी छाम्न सक्छन् । समाजले नायक जन्माइरहेको पनि हुन्छ, सामान्यजन भने उदासिन हुन्छन् ।

कतिले बुझेर, कतिले नबुझेर वास्ता गर्दैनन् । शक्तिमा रहिन्जेल ऊ न इतिहासबाट सिक्छ, न पर्यावरणबाट । क्रान्ति र विद्रोहको भौतिक परिस्थिति तयार भएको कुरा नैतिक पुँजी संगेटेका इच्छाशक्तिले भरिएका राजनीतिककर्मीले मात्र वाणी दिन सक्छन् सपना देखाउछन् र कर्मभूमिमा उतार्छन् पनि । के सनातनी राजनीतिमा त्यो देखिन्छ ?

शक्ति अन्धोबन्दा सिंहासन हल्लिदा पनि सुरक्षित छस् भन्ने कान्सुत्ले दरवारीलालको विश्वासमा पर्छन् । श्री ३ महाराज मोहन शमशेरको पालामा कनसुत्ले बाहेक सूचनाको भर भारतबाट आँउने पत्रिका, अलइण्डिया रेडियो र बिबिसी मात्रै हुन्थ्यो ।

कन्सुत्ले भन्थेः शक्तिशाली महाराजको सिंहासन सुरक्षित छ, केही भाडाका टट्टु, राजद्रोही र राष्ट्रद्रोहीले ड्यागडुंगका आवाज छिटफुट निगाँला पड्काका मात्र हुँन भन्थे । तर सवैतिरको हाल खबर रेडियोले भन्न थालेपछि श्री ३ ले श्रीपेचलाई लात्तिहान्दै ३ वटा रेडियो फोरेका थिएअरे ।

श्रीपेच फुक्लदा पनि अहंकार टुटेन ।२००७ सालपछिको क्याविनेटमा श्रीपेचहीन प्रधानमन्त्री मोहनलाई एउटै सोफामा बसेका गणेशमान सिंहले”अब ट हामी सवै बरावर, कसो माइलाडाई !” भनेपछि अहंकारग्रसित प्रधानमन्त्रीले राजीनामा गरे ।

भिन्नविचारसंग महेन्द्र प्रत्यक्ष र परोक्ष संवाद गरिरहेका हुन्थे, संसारभर छरिएका प्रतिभालाई स्वदेश आउँन हौस्याउंथे । २०६३ वैशाखको महिना महाराजा ज्ञानेन्द्रलाई सोच्याझैं भएन । कस्तो अनुभूति गरे, आत्माबृतान्तमा लेख्लान नै । एउटै देशमा २ पटक श्रीपेच लगाउने र फुकाल्ने विश्व इतिहासका दुर्लभ पात्र हुँन्, उनी । उनको अहिलेको अचम्मको बाध्यात्मक धर्यता इतिहासले नयाँ तरिकाले मूल्यांकन गर्ला ।

पाउनु, ल्याउनु ठूलो कुरा हैन् रहेछ, त्यसको मर्म थेग्नु र आर्दशको हस्तान्तरण नयाँपुस्तालाई गर्नु महानर्काय रहेछ । इतिहासमा कस्ले, के गरेको थियो भनेर वा चाकरहरुको स्तुतीगान हुँदो रहेनछ, परिणाममा के दिएर गयो भन्ने हुँदोरहेछ । अहिले नवमहाराजहरुका कन्सुत्ले सामान्यखाले दिमागी र जोगाडी मात्रै हैनन् ।

उनीहरु पनि आलोचनात्मक चेतलाई हुल्लडवाज र फिस्टा गर्जन भन्छन् । २०६२÷६३ पछि देशमा सानाठूला धेरै दरवार भए । शक्ति र सत्ता चरित्र हो, श्रीपेच । यसलाई श्वामीभक्ति खुव मन पर्छ, सामान्यजनलाई पनि अहंकारी घमण्डी, छत्रपति महाराजमा फेरिदिन्छ, सोच्न हौँस्याउछ ।

सायद यसैले चाणक्य, गान्धी, देंङ्ग सियायो पिंग, जयप्रकाश नारायण, गणेशमान सिंहलाई अनुकूल परिस्थितिहुँदाहुँदै पनि श्रीपेच लगाएनन् । भारतका आधुनिक किग मेकर कामराज हेरौं त… ! पावर, किंग एण्ड किंग मेकर आर डिफिरेन्ट्स थिंग ।

घटना र प्रबृतिले भने परिवर्तनपछिको नेपालमा के देखायो भनेः एक ‘सफल’ नेता त्यही हो, जो आफन्त र परिवारलाई सत्तावरिपरी पु¥यायो, छोराछोरीलाई विदेश पढायो, पठायो वा शक्तिमा पु¥याएर भ्रष्टताको उत्तराकिारी बनाउदै पछुवावाट आर्दशनामा पुज्यायो ।

तर, अर्काका छोराछोरीलाई सडकमा जिन्दावाद र मुर्दावाद भन्न वा बिद्रोहमा बन्दुक उचाल्न हौस्यायो । जाति, भेगको नारामा उराल्यो र मन्दिर मस्जिद र चर्चमा भिडायो । गुण्डाभीडमा फे¥यो । फेरिएको युवाजनशक्ति लठैत बन्नु वा मुर्खता प्रर्दशनमा उत्रिनेले समय, समाज र शक्तिसंग कहिल्यै प्रश्नगर्न सक्छ ? सक्दैन् । अरिंगालबन्ने हैसियतका कोरनाकालका लठैत नियालौँ त !
आइंस्टीनले एकपटक भनेका थिएः ब्रह्मांडको त थाहा छैन, तर मान्छेको मुर्खताको भने कुनै सीमा हुँदैन ।’ मुर्खताजस्तै मान्छेमा रहेको अन्तरनिहित क्षमताको पनि कल्पनै गर्न सकिँदैन। त्यसको पुरापुर उपयोग र उपभोग महान मान्छेले समेत गर्न सकेका हुँदैनन् ।

जति जिज्ञाशा हुन्छ त्यतिनै कौतुहुलताले नयाँ विषयको जोखिमयात्रा निर्धारण गर्छ । प्रतिकूलतासंग पौंठाजोरी खेल्ने आत्मावल दिन्छ । जति जिज्ञाशा राख्छ, प्रश्न गर्छ त्यसैले उस्को ज्ञानको भोक र दायित्व परिक्षाको आतुर छ भन्ने नाप्ने तराजु बन्छ । त्यसैले जर्ज गोर्डेन ब्रायन भन्छनः जस्ले प्रश्न गर्दैन ती पाखण्डी हुँन, जो प्रश्न गर्न सक्दैनन् ती मुर्ख हुँन, जस्का सोचमै प्रश्न उभिदैन् ती दास हुन’ ।

संकटका शिक्षाः

हाम्रोदेश भूसंवेदनशील राजनीतिक भूगोलमा छ । देश संकटमा छ । माहामारीले कोही पनि विश्वचेत र भूमिकाबाट अलगिन सक्दैन । संकटको अनूभूति सत्ताले (सरकार र प्रतिपक्ष) गरेको देखिंदैन । भूकंपले अहंकार, घमण्ड, सत्ताप्यास भत्काउनु पथ्र्यो, भत्काएन । कोरोनाले भ्रष्ट चेन टुटाउनु पथ्र्यो, सकेन । खटिरा उकुल्चिँदै गए । विश्वास, सपना, आशा, भरोसा, नायक, मूल्यमान्यता, त्याग, वलिदानको सौर्यगाथा भत्किए ।

आफैमा रुमलिएर राजपकीय दायित्वमा उल्झेको योजनहीन सरकारको हविगत हामी भोग्दैछौ । सत्ता मैमत्तभएकाहरू बीचको भिडन्त अझै शान्त भएको छैन् । मोलतोल, लेनदेन, सन्धीसम्झौतामा टुङ्गिने छ ।

टुङ्गयाउन नसक्ने विषय टुङ्गयाइने छ । शान्तिभित्रको हलचल नाप्न त माटो छुनुपर्छ, हावाले मुड बदल्यो भने आगो झोस्नेको हविगत पनि खरानी नै बन्नुपर्ने हुन्छ ।
अब प्रश्न उठे
१. कोरोनकालको केन्द्रिय प्रश्न बन्न पुगेको विश्वासको पुनरजागरण कसरी गर्ने ? प्रश्नले नै उत्तर खोजी गर्छ, शक्तिको केन्द्रिकरण गर्छ ।
२. के नयाँसंसारको संघारमा विश्व पुगेको हो ? माहामारीले विश्व संकटले पुराना बहस खारेज गरिदिएर अनुदारवादी शासक नांगिएका छन ।तटस्थताको सुख कसैले भोग्न पाउने छैन् । के त्यसको जगमा             नयाँविश्वको उदय हुँनेछ ?
३. के समाजिक असन्तोषलाई आत्मागतशक्तिमा फेरिएपछि टुहुरा बनेका बहसले अभिभावक र कमाण्डर पाँउनेछ ?
४. भीड बन्दैगएको तमासे लठैत समाजः ठोक्, ताली ठोक्, ताली परर्रर ठोक् भन्छ । दासहरुको कन्तविजोग त हुँनेछ नै,ज्यान हराएका धुकुरधुकुरका रैति बन्दै गएका प्रजालाई फेरी नागरिकको हैसियतमा    फेरी उकस्ने छन् ?

५.अझै प्रलयको दिन आएको छैन् । समाज पुरा भ्रष्टिकरण पनि भैसकेको छैन । सपना र दायित्व अझै तुहिएको छैन् ।गद्दारमात्रै हैन इतिहासले जन्माउने असल संन्तानका अझै छातीमा धडकन सुनिन्छन् ।

प्रतिक्रिया