मंगलबार, असार ८, २०७८

उपचारमा महिलालाई छुट दिँदै हरियो चुरा प्याकेज

ज्योतिन्यूज २०७७ भदौ २ गते १०:२६

भक्तपुर, २ भदौ ।
कोरोना भाइरस फैलिएर स्वास्थ्य परीक्षणका लागि अस्पताल आउनसमेत मानिस हिच्किचाइरहेका बेला भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालले भने तीजलाई लक्ष्य गरी महिलाका लागि हरियो चुरा प्याकेज सार्वजनिक गरेको छ । महिलाको स्वास्थ्योपचारलाई लक्ष्य गरी निःशुल्क एवं ५० प्रतिशत छुटमा स्त्रीरोग विशेषज्ञद्वारा स्वास्थ्य सेवा दिने गरी प्याकेज ल्याइएको अस्पतालका निर्देशक जीवन मारिखुले जानकारी दिनुभयो ।
अस्पतालले सञ्चालन गरेको गाइनो क्याम्पमा सहभागी महिलाका लागि ३६५ दिन निःशुल्क स्त्रीरोग विशेषज्ञ जाँच, अन्य महिलाका लागि यसमा ५० प्रतिशत छुट, भिडियो एक्सरेमा ५० प्रतिशत छुट र अन्य सेवामा १० प्रतिशत छुट प्याकेज सार्वजनिक गरिएको हो ।
अस्पतालका स्त्रीरोग विशेषज्ञ डा शोभा मारिखु श्रेष्ठले यी सेवा तीजका अवसरमा यही भदौ १० गतेसम्म सञ्चालन हुने भएको छ । यो सेवामा २०० महिलाले सेवा लिएका छन् । अस्पतालको १०० महिलालाई हरियो चुरा प्याकेजमा सहभागी गराउने लक्ष्य रहेको निर्देशक मारिखुले जानकारी दिनुभयो ।

प्रतिक्रिया