आइतबार, साउन १७, २०७८

राजदूत सिफारिस

ज्योतिन्यूज २०७७ भदौ २ गते २०:३५

काठमाडौँ, २ भदौ ।
सरकारले विभिन्न देशका लागि राजदूत नियुक्तीका लागि परराष्ट्र मन्त्रालयका सहसचिवलाई सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले वेल्जियम, युरोपियन युनियन, पाकिस्तान र जर्मनीका राजदूत नियुक्तीका लागि सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारीलाई वेल्जियम र युरोपियन युनियन, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई नियुक्ती गर्ने सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत समाज कल्याण परिषद् कोषाध्यक्षमा लोकनाथ सुवेदीलाई नियुक्ती गरिएको मन्त्री डा खतिवडाले जानकारी दिनुभयो । यसैगरी युवा तथा खेलकूद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्मा आर्थिक वर्ष २०७७/७८ का लागि १६ वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा खोटाङका डा देवराज रोकालाई नियुक्ती गरेको सरकारका प्रवक्ता डा. खतिवडाले जानकारी दिनुभयो ।

पाँच स्थानीय तहलाई जग्गा

सरकारले पाँच वटा स्थानीय तहलाई परियोजना सञ्चालनका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ । सरकारका प्रवक्ता डा खतिवडाका अनुसार गंगादेवी गाउँपालिका रोल्पा, सुवर्ण गाउँपालिका बारा, गजुरी गाउँपालिका धादिङ, भानु गाउँपालिका तनहुँ र चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाञ्चोक रहेका छन् ।
बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पाँच जना चिकित्सकलाई ११ तहमा बढुवा गर्ने निर्णय गरेको छ । सरकार प्रवक्ता डा. खतिवडाले अनुसार डा. अजित खनाल ग्याष्ट्रो इन्टेरोलोजी, डा. मुकेश शर्मा पौडेल ग्याष्ट्रो इन्टेरोलोजी, डा विकास नेपाल जनरल सर्जरी, डा रविनबहादुर बस्नेत युरो सर्जरी र डा. शिलु श्रेष्ठ अर्थोपेडिक सर्जरी रहनुभएको छ । यस्तै बैठकले कर्मचारी समायोजनसम्बन्धी समस्या समाधान गर्न नीतिगत व्यवस्था गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया