बिहीबार, फागुन १३, २०७७

बारामा कोरोना संक्रमणबाट पुर्व प्रहरीको ज्यान गयो

ज्योतिन्यूज २०७७ भदौ ७ गते ९:१८

सिमरा  ७ भदौ  ।
बाराको जीतपुरसिमरा उपमहानगरपालीकामा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । जीतपुसिमरा १ घर भएका ५८ बर्षे नयन बहादुर बोहराको शुक्रबार राती ज्यान गएको हो । उनी अवकास प्राप्त पुर्व प्रहरी (सई) समेत हुन् ।
उनलाई शुरुमा ज्वरो र खाकी लागेपछी सिमरा स्थित अल्पाइन अस्पताल पुर्याइएको थियो ।
अस्पतालले ज्वरो नियन्त्रण गर्न लगातर ७÷८ वटा इन्जेक्सन लगाउँदै एक हप्ता सम्म पनी ज्वरो नियन्त्रण नभएपछी उनलाई बिरगञ्ज स्थित नारायणी अस्पताल पुर्याइएको हो । नारायणी लगेपछी मात्र उनलाई कोरोना संक्रमण भएको पुष्टी भयो ।
त्याहाँँपनी राम्रो उपचार हुन नसकेपछी केही दिनमा उनलाई गण्डक अस्पताल पुर्याइयो थियो । कोभिडले च्यापेपछी उनलाई थप उपचारका लागी शुक्र्रबार नै काठमाण्डौ लगिएको हो । काठमाण्डौ अस्पताल पुर्याएलगत्तै उनको मृत्यु भएको हो ।
उनलाई पहिलेदेखी नै दमको समस्य रहेको परिवार स्रोतले जनाएको छ ।
यसअघि नगरको वडा नम्बर ४ स्थाई घर भएका ५५ बर्षे शेख समी उल्लाह ननकको पनी कोरोनाका कारण ज्यान गएको हो । उनीपनी मधुमेह र प्रेसरका बिरामी थिए ।

प्रतिक्रिया