शुक्रबार, असार ११, २०७८

रसिया र साउदी बीच तेलको उत्पादनलाई लिएर टकराव

ज्योतिन्यूज २०७७ भदौ ७ गते १२:२८

रसिया र साउदी बीच तेलको उत्पादनलाई लिएर टकराव चलेको छ ।  गत  मार्चमा तेलको मूल्यको बारेमा साउदी अरेबिया र रसिया बीच विवाद भएको थियो । साउदी अरेबियाले  रसियाको  तेल उत्पादन घटाउन चाहन्थ्यो ताकि अन्तर्राष्ट्रिय बजारमा घट्दो तेलको मूल्य स्थीर राख्न सकियोस् । तर रूस उत्पादन घटाउन इच्छुक भएन ।
रुसको त्यो अडान पछि साउदी अरेबियाले पनि तेलको उत्पादन बढाउने र मुल्यमा भारी छुट दिएर बेच्ने निर्णय गरेको थियो । जवकी साउदी अरवले कोविड १९ को महामारीका कारण विश्वका सबै व्यवसायहरू ठप्प भएको बेला यो निर्णय लिएको थियो । दुबै देशहरूले] तेलको मूल्यमा आएको गिरावटका लागि एक अर्कालाई दोषारोपण गरिरहेका थिए । रूसी सरकारी टेलिभिजनले तेलको मुल्यमा गिरावट आउनुको एउटा कारण साउदी मुद्रा मा अएको गिरावट हो भनेको थियो । त्यसको जवाफमा साउदी अरेबियाको राष्ट्रिय तेल कम्पनी अरामकोले अप्रिल १ मा प्रति दिन एक करोड २० लाख ब्यारल तेल उत्पादन गर्ने घोषणा ग¥यो ।
यो रूससँगको सम्झौता भन्दा २६ प्रतिशत बढी उत्पादन थियो । यो घोषणासँगै साउदी अरेबियालाई लागेको थियो कि रसियासँगको मूल्य युद्धमा आफूलाई राजाको रूपमा प्रमाणित गर्नेछ ।
गत तीन बर्षमा तेलको विश्वमा दुई महत्वपूर्ण परिवर्तनहरू भएका छन् र उनीहरूको प्रभाव धेरै व्यापक भएको छ ।
स्रोतः विविसी

प्रतिक्रिया