मंगलबार, कार्तिक २, २०७८

हातहतियार र लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

ज्योतिन्यूज २०७७ भदौ ७ गते १३:४९

मोरङ, ७ भदौ  ।
हातहतियार खरखजना तथा लागूऔषध मुद्दाका फरार प्रतिवादी भारत बिहार बस्ने ३९ वर्षीय बग्गा भन्ने प्रदिप यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका(१६ दरैयाबाट नियन्त्रित लागूऔषध १५ बोतल डाइलेक्स डिसी, ५० चक्की नाईट्रोसन र ५१ चक्की नाईट्राभेट सहित यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
यादव भारतमा बसी नेपालको १ नम्बर र २ नम्बर प्रदेशका जिल्लाहरुमा अवैध रुपमाहातहतियार तथा लागूऔषधको कारोबार सञ्जाल बिस्तार गरी आपराधिक कार्य गर्ने गिरोहकामुख्य नाईके रहेको खुल्न आएको छ ।यादवले २०७५ मंसिर ३ गते उदयपुर उदयपुरगढी गाँउपालिका(१९ का मन्दिप तामाङलाई मेड ईन युएसए लेखेको अटोमेटिक पेस्तोल र ४ थान उक्त पेस्तोलको गोली सुनसरीईटहरी उपमहानगरपालिका(१२ खनार बस्ने ३५ वर्षीय शुशिल कुमार साहुलाई दिन भनी भारतबाट अवैध हातहतियार नेपालतर्फ पठाएका थिए । सो क्रममा मन्दिप र शुशिललाई विराटनगर महानगरपालिका(१६ स्थित विराटनगर हुलास मेटल चोकबाट प्रहरीले पक्राउ गरीहातहतियार तथा खरखजना मुद्दा चलाएको र उक्त हातहतियार नेपालतर्फ पठाउने गिरोहका मुख्य नाईके यादव रहेको खुल्न आएको थियो ।यसैगरी २०७५ मंसिर ८ गते उनले विराटनगर महानगरपालिका(१६ बस्ने २२ वर्षीय बिध्यानन्द मण्डल र २० वर्षीय अनुप गिरीलाई ३ सय ८० एम्पुल विभिन्न नियन्त्रित लागूऔषध, १ सय ५ ग्राम १ सय १० मिलीग्राम ब्राउन सुगर शरीरमा टेपले बाँधी, कटुवा पेस्तोल र २ राउण्ड गोली समेत विराटनगरस्थित बसपार्कमा सुनसरी धरान उपमहानगरपालिका घर भई ललितपुर ललितपुर महानगउरपालिका(४ एकान्तकुनामा डेरागरी बस्ने ४१ वर्षीय रुपम राईले पाउने गरी दिई पठाएका थिए। सो घटनामा संलग्न ३जनालाई प्रहरीले विराटनगर महानगरपालिका(११ बसपार्कबाट पक्राउ गरी लागूऔषध तथा हातहतियार खरखजना मुद्दा चलाएकोमा सो हातहतियार र लागूऔषध नेपालतर्फ पठाउने गिरोहको मुख्य नाईके समेत यादव रहेको खुल्न आएको थियो ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी   मोरङले जनाएकोछ ।

प्रतिक्रिया