बुधबार, असार ९, २०७८

हातहतियार मुद्दाका फरार अभियुक्त पक्राउ

ज्योतिन्यूज २०७७ भदौ ७ गते १९:५५

झापा, ७ भदौ  ।

अवैध हातहतियार खरखजाना मुद्दाका फरार प्रतिवादी हल्दीबारी गाउँपालिका-३ बस्ने ३८ वर्षीय सुनिल मेचेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रशासन कार्यालय ललितपुरबाट २०७५ चैत ११ गते १ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका मेचेलाई खोजी गर्नेक्रममा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले बिर्तामोड नगरपालिका-१ स्थित बजाज सोरुम नजिकबाट पक्राउ गरेको हो प्रतिवादी मेचेलाई कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुर पठाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया