बुधबार, साउन २०, २०७८

विश्वका १० देशहरू जहाँ कोरोनाको एउटा विरामी छैन

ज्योतिन्यूज २०७७ भदौ ८ गते १५:००
बीबीसी । कोरोना भाइरस महामारीले यी १० देशहरू बाहेक विश्वका सबैजसो देशहरूमा प्रभाव पारेको छ । तर के यी देशहरू कोविड -१९  मा वास्तवमै प्रभावहीन छन् ? र प्रश्न यो हो कि अब तिनीहरू के गरिरहेका छन् ? १९८२ मा खोलिएको ‘पलाउ होटेल’ त्यस समयमा ‘ठूलो कुरा’ थियो, यस होटेलको ठूलो नाम थियो किनभने त्यसबेला त्यहाँ अरू कुनै होटल थिएन । त्यसबेलादेखि, आकाशे रगंका प्रशान्त महासागरले घेरिएको यस सानो देशले पर्यटनमा ठूलो बजार लिएको छ । २०१९ मा करीव ९० हजार पर्यटकहरू पलाउ पुगेका थिए, जुन यो देशको कुल जनसंख्याको पाँच गुणा हो । 2017 मा, आईएमएफ डाटाले देखाउँदछ कि ‘देशको जीडीपीको 40% प्रतिशत पर्यटनबाट आउँदछ ।

प्रतिक्रिया