शुक्रबार, वैशाख ३१, २०७८

संक्रमित थप ७४३ र काठमाडौँ उपत्यकामा २२४ जना

ज्योतिन्यूज २०७७ भदौ ८ गते १६:४९

काठमाडौँ , ८ भदौ । देशभर ७४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर संक्रमण पुष्टि हुनेको कुल संख्या ३२ हजार ६७८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
उनका अनुसार काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गौतमका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया