आइतबार, साउन १७, २०७८

कोरोनाले यातायात मजदूर क्षेत्रमा ठूलो समस्या : नेता शशांक

ज्योतिन्यूज २०७७ भदौ ९ गते २०:५०

काठमाडौँ, ९ भदौ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले श्रमिकको समस्या सरकारले समाधान गर्नुपर्ने बताउनुभएको छ । नेपाल यातायात मजदूर सङ्घले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ ले नेपालको यातायात श्रमिकमा पारेको प्रभाव विषयक भर्चुअल अन्तक्र्रियामा उहाँले कोभिड–१९ का कारण समस्यामा परेका श्रमिकको समस्या सरकारले पुरा गर्नुपर्ने बताउनुभएको हो । नेता डा कोइरालाले कोरोनाको कारण अरु क्षेत्रभन्दा यातायात मजदूर क्षेत्रमा ठूलो समस्या परेको बताउनुभयो ।
नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्यले कोरोनाको सबैभन्दा ठूलो असर दैनिक श्रम गरेर खाने मजदूर वर्गमा परेको भन्दै श्रमिकको समस्याका लागि नेपाल ट्रेड युनियन काँग्रेस निरन्तर लाग्ने बताउनुभयो । अल इण्डिया रेल्वेमेन फेडेरेशनका महासचिव शिवगोपाल मिश्रले नेपालका यातायात श्रमिकको समस्या समाधानका लागि भारतीय श्रमिक क्षेत्रको साथ र सहयोग रहने बताउनुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले कोभिड–१९ का कारण ११ लाख यातायात मजदूरले रोजगारी गुमाउनुपरेको बताउनुभयो ।
सङ्घका अध्यक्ष धर्मराज भण्डारी, नेपाल ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्र कुँवर, नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश ७ का अध्यक्ष केशवराज पन्त सरकारले मजदूलाई वेवास्था गरेको बताउनुभएको थियो । भारतीय ट्रेड युनियनका नेता सङ्गम त्रिपाठी र भारतीय ट्रेड युनियन काँग्रेसका राष्ट्रिय सचिव महेन्द्र गारतले कोभिड–१९ ले विश्वको यातायात क्षेत्र नै ध्वस्त भएको भन्दै यसको पुर्नजीवनका लागि हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । सङ्घका पूर्व अध्यक्ष एवम् नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष अजयकुमार राईले सरकारले यातायात श्रमिकलाई निःशुल्क बीमा, उपचार र स्वास्थ्य सामाग्रीको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया