शनिबार, वैशाख ४, २०७८

अमेरिकी र रूसी सेना बीच सिरियामा भिषण भिडन्त

ज्योतिन्यूज २०७७ भदौ १२ गते ११:५८
सिरिया ,१२ भदौ ।
दुई देशहरूले उत्तरी सिरियामा अमेरिकी र रूसी सेना बीचको भिडन्तको लागि एक अर्कालाई दोष दिइरहेका छन् । यस भिडन्तमा धेरै अमेरिकी सैनिकहरू घाइते भएका छन् । दुई देशका सेना बीचमा भएको भिडन्तको भिडियो रुसको वेबसाइट रुसभेना.सुद्वारा प्रसारित गरिएको छ । यो भिडियो ट्विटरमा भाइरल भएको छ । भिडियोमा सिरियाको एक मरुभूमि क्षेत्रमा रूसी सेनाको सशस्त्र सवारी र अमेरिकी सशस्त्र सवारीको बीचमा भिडन्त भइरहेको र सोही समयमा अकासमा एक रूसी हेलिकप्टर उडिरहेको देख्न सकिन्छ । रुसका अनुसार अमेरिकाले आफ्नो गस्तीमा बाधा पुर्याहयो । तर एक अमेरिकी रक्षा अधिकारीले सीबीएस न्यूजलाई भनेका छन् कि रूसी सैनिकहरू निषेधित क्षेत्रमा प्रवेश गरे, जबकि यस क्षेत्रमा प्रवेश नगर्न रूस सहमत भएको थियो । ह्वाइट हाउसका अनुसार सो भिडन्तमा गाडीका चालकलाई सामान्य चोट लागेको छ । सिरियामा अमेरिकी र रूसी सेनाको बीचमा वार्ता बारम्बार हुने गरेको भएपनि बेला बेलामा यस्ता भिडन्त भइ रहने गरेका छन् । २०११ देखि सिरिया चलिरहेको गृहयुद्धमा रसियाले सिरियामा सरकारी सेनालाई सहयोग पुर्याोउँदै अएको छ, भने अमेरिकाले स्थानीय कुर्दिश लडाकूहरूलार्इ सहयेग गर्दै अएको छ ।बिबिसी

प्रतिक्रिया