मंगलबार, कार्तिक २, २०७८

पोखरामा कोरोनाका कारण एकको मृत्यु

ज्योतिन्यूज २०७७ भदौ १२ गते १७:३७

गण्डकी, १२ भदौ ।
कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणका कारण आज पोखरामा एक जनाको मृत्यु भएको छ ।
श्वासप्रश्वासमा समस्या भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा आएका पोखरा महानगरपालिका वडा नं १६ निवासी ५२ वर्षीय पुरुषको उपचारका क्रममा आज अपराह्न १२ः१५ बजे मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका निर्देशक सहप्रा डा अर्जुन आचार्यले जानकारी दिनुभयो । कोभिड–१९ को सङ्क्रमण भई उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु हुने निज छैटौँ सङ्क्रमित रहेको बताइएको छ ।

प्रतिक्रिया