शनिबार, असोज ९, २०७८

पाँचनाल भरुवा बन्दुक सहित २ जना पक्राउ

ज्योतिन्यूज २०७७ भदौ १२ गते १७:४८

बाजुरा, १२ भदौ
बडिमालिका नगरपालिका-७ रजातोली तल्लो पलानमा लुकाई छिपाई राखेको ५ थान भरुवा बन्दुक सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही स्थान बस्ने ५५ वर्षीय धन बहादुर विक र ३५ वर्षीय सौरे लुहार रहेका छन् । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको घर छेउमा लुकाई राखेको अवस्थामा लोड गरेको उक्त बन्दुक फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

रुपन्देहीको सैनामैना नगरपालिका-५ बुद्दनगरस्थित सडकमा शुक्रबार बिहान ना.६ ख ५७०२ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-६ कलौनी बस्ने छत्र बहादुर बिकको १६ वर्षीय छोरा बिनोद विकको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका बिनोदको लुम्विनी प्रादेशीक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया