बिहीबार, फागुन २०, २०७७

प्रहरीलाई घुम्ती स्वाब सङ्कलन साधन हस्तान्तरण

ज्योतिन्यूज २०७७ भदौ १३ गते ४:२२

ललितपुर, १३भदौ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले नेपाल प्रहरी अस्पताललाई घुम्ती स्वाब सङ्कलन साधन हस्तान्तरण गरेको छ । नाष्ट कार्यालयमा सचिव डा.महेशकुमार शाहले अस्पतालका प्राविधिक प्रहरी उपरीक्षक डा.आशिष दत्तलाई उक्त साधन हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा डा. शाहले सो साधन कोभिड सङ्क्रमित प्रहरी कर्मचारीलाई सुरक्षित बोक्न निकै उपयोगी हुने विचार व्यक्त गर्नुभयो । यसैगरी डा.दत्तले यस साधन तत्कालका लागि नेपाल प्रहरीको कोरोना परीक्षण गर्न प्रयोग गरिने र यसपछि माथिल्लो निकायकासँग छलफल गरेर पछि कहाँ कहाँ प्रयोग गरिन्छ भन्ने जानकारी लिन अझै बाँकीनै रहेको बताउनुभयो ।
नाष्टका वरिष्ठ प्रविधि अधिकृत डा. शङ्खर ढकालले आफूहरुलाई उक्त साधन निर्माण गरिदिन करिब २० दिन पहिले आग्रह आएको बताउनुभयो । सो प्रविधिको नाम भने ‘मोबाइल स्वाब कलेक्सन भ्यान’ नामक एक एम्बुलेन्स रहेको ढकालले जानकारी गराउनुभयो ।
सो साधनमा बाहिरी ब्याट्रीको प्रयोग गरी गाडी नखोली काम गर्न मिल्ने र यसमा नयाँ किसिमको स्वीच पनि प्रयोग गरी सञ्चालन गर्ने व्यवस्था मिलाइएको डा. ढकालको भनाई थियो । यसअघि नाष्टले गत साउन १० गते बिरामी व्यक्तिबाट चिकित्सकलाई सजिलै जोगाउन नेपाली सेनाको सहयोगमा ‘मोबाइल स्वाब कलेक्सन भेहिकल’ निर्माण गरी कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया