बुधबार, मंसिर २२, २०७८

बेलारुसमा लुकाशेन्को विरुद्धको प्रदर्शन थप चर्कदै

ज्योतिन्यूज २०७७ भदौ १५ गते ९:२६

बेलारुसमा लुकाशेन्को विरुद्धको प्रदर्शन थप चर्कदैः स्थिति  तनावपूर्ण बेलारुसमा राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्को बिरूद्ध प्रदर्शनमा आइतबार हजारौं मानिस सडकमा ओर्लेर विरोध प्रदर्शनमा सहभागी भएपछि उनी विरूद्दको विरोध नयाँ चरणमा प्रवेश गरेको ठानिएको छ । आइतबार भएको प्रदर्शनलाई मध्यनजर गर्दै राजधानी मिन्स्कको स्वतन्त्रता स्क्वायर जस्ता धेरै महत्वपूर्ण क्षेत्रमा ठूलो संख्यामा प्रहरी बल खटाइएको छ । त्यहाँको आन्तरिक मामिला मन्त्रालयले हालसम्म १२५ जना प्रदर्शनकारी पक्राउ गरिएको जानकारी दिएको छ । प्रदर्शनकारीहरुले प्रहरी विरुद्ध “लाज पचेका र तत्काल जाउ” जस्ता नारा लगाएका थिए । बेलारुसमा गत अगस्त ९ मा भएको राष्ट्रपति निर्वाचनमा धाँधली भएको भन्दै विपक्षीले निरन्तर प्रदर्शन गर्दै आएका छन् । विगत २६ वर्षदेखी निरन्तर राष्ट्रपतिपदमा रहदै  आएकालुकाशेन्कोले भने विपक्षीहरुको यो आरोपलाई अस्वीकार गर्दै आएका छन् । विरोध प्रदर्शन चर्कदै  गएमा प्रदर्शन दवाउन उनले रुसको सहयोग लिने तयारी गरिरहेको बताइन्छ, जवकी अमेरिका लगाएत युरोपका अन्य मुलुकले रुसको सम्भावित कदमलाई हस्ताक्षेपको संज्ञा दिदैं आएका छन् ।स्मरण रहोस लुकाशेन्कोलाई रसिया परस्तको र विपक्षीलाई अमेरिका परस्त मानिएको छ

प्रतिक्रिया