बिहीबार, साउन १४, २०७८

पूर्वी लद्दाखमा चिनिया सेना र भारतीय फौज बीच फेरी झडप

ज्योतिन्यूज २०७७ भदौ १५ गते ११:४९

नयाँ दिल्ली,१५ भदौ  ।

पूर्वी लद्दाखमा चिनिया सेना र भारतीय फौज बीच फेरी झडप भएको खबर छ ।तर भारतले जारिगरेको विवारंणमा भने चिनिया सेनाको घुसपैठलाई भारतीय फौजले रोकेको भनि बिबिसी सेवाले  जनाएको छ ।भारत चीन सीमा क्षेत्र लद्दाखको निषेधित क्षेत्रमा चीनिया सेना प्रवेश गर्न खोजेपछि अहिले फेरी दुबै देशबीच तनावको स्थीति उत्पन्न भएको छ । भारतीय सेनाका अनुसार गत अगष्त २९ तारिखको राती चीनिया जनमुक्ति सेना सीमा क्षेत्रको “पन्गाेंग त्सो” पहाडमा प्रवेश गर्न खोजेको थियो । जसले गर्दा केही समय भिडन्त भएको थियो । तर भारतीय सीमा सुरक्षा बलले सतर्कता अपनाएकोले स्थीति थप विग्रनबाट जोगियो । भारत र चीनको यहीे सीमा क्षेत्रको गलवान घाँटीमा गत जुन १५ मा पनि दुई देशका सैनिकका बीचमा दोहोरो भिडन्त भएको थियो र त्यस भिडन्तमा २० भारतीय सेनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया