मंगलबार, कार्तिक ९, २०७८

भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन

ज्योतिन्यूज २०७७ भदौ १५ गते १९:११

भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा आज निधन भएको छ । उनका छोरा अभिजित मुखर्जीले सामाजिक संजालमा ट्वीट गर्दै आफ्ना बुबाको निधन भएको पुष्टि गरेका छन् । मस्तिष्कमा रगत जमेपछि दिल्लीको आर्मी आर एण्ड आर अस्पतालमा भर्ना भएका मुखर्जीको सोही अस्पतालमा मस्तिष्कको सर्जरी गरिएको थियो । तर सर्जरी पष्चात उनलाई कोमामा राखी उपचार गरिएको थियो । मुखर्जीलाई गत अगष्त १० मा कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो । अर्थ, रक्षा र परराष्ट्र मन्त्री समेत भएका मुखर्जी सन २०१२ देखी २०१७ सम्म भारतका राष्ट्रपति थिए ।

प्रतिक्रिया