मंगलबार, कार्तिक ९, २०७८

नेपालले महान् मित्र गुमाएको छ :प्रधानमन्त्री ओली

ज्योतिन्यूज २०७७ भदौ १५ गते २२:१५

काठमाडौँ, १५ भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनले आफू अन्यन्तै दुखित भएको बताउनुभएको छ । उहाँले आज साँझ ट्विट गर्दै दुःखको यस घडीमा भारत सरकार, भारतीय जनता र शोकसंतप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
पूर्वराष्ट्रपति मुखर्जीको निधनबाट नेपालले एक महान् मित्र गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुखर्जीले विभिन्न ओहदामा रहेर नेपाल -भारत सम्बन्ध सुदृढ गर्न पु¥याएको योगदानको स्मरण पनि गर्नुभएको छ ।

प्रतिक्रिया