शनिबार, वैशाख ४, २०७८

चितवनमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, एकको मृत्यु

ज्योतिन्यूज २०७७ भदौ १६ गते ११:४३

१६ भदौ, काठमाडौँ । काठमाडौँबाट बिरामी लिएर सर्लाही जाँदै गरेको एम्बुलेन्स चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

ना ५ च १०३३ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडकबाट ५० मिटर तल त्रिशुली नदीको किनारामा खसेको छ । दुर्घटनामा सर्लाही बरहथवा नगरपालिका–२ की १५ वर्षीया बाधे राना मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक ९इन्सपेक्टर० दयाकृष्ण भट्टले जानकारी दिनुभयो ।।

त्यस्तै एम्बुलेन्स दुर्घटनामा अन्य चारजना घाइते भएका छन् । विरामीसहितको एम्बुलेन्स दुर्घटना हुँदा घाइते भएका ४ जनालाई उपचारको लागि भरतपुर पठाइएको छ ।

प्रतिक्रिया