शनिबार, असोज ९, २०७८

बुधबार थपिए ११२० जना कोरोना संक्रमित

ज्योतिन्यूज २०७७ भदौ १७ गते १६:२५

काठमाण्डौ । बुधबार नेपालमा १ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३२० जना महिला र ८ सय जना पुरुष गरी सो मात्रामा कोरोना संक्रमित फेला परेका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ४१ हजार ६ सय ४९ रहेको छ ।
त्यसैगरी काठमाण्डौ उपत्यकामा ३८८ जनामा कोरोना पुष्टि भएको छ । काठमाण्डौ जिल्लामा ३५०, भक्तपुर जिल्लामा ९ र ललितपुरमा २९ जना संक्रमित थपिएका छन् ।गत २४ घण्टामा नेपालमा १ हजार १ सय २१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म २३ हजार २ सय ८० निको भएर घर गएका छन् ।   त्यसैगरी बुधबार १२ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।
हाल ६ हजार ७५५ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया