शुक्रबार, फागुन १४, २०७७

धादिङमा सङ्क्रमितको सङ्ख्या २ सय २९

ज्योतिन्यूज २०७७ भदौ १७ गते १८:०५

१७ भदौ, धादिङ – धादिङमा कोरोना सङ्क्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । आज धादिङको सिद्धालेक गाउँपालिका वडा नं. ६ का ४७ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृगौलामा समस्या भएका उनको मृत्युपछि गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो । यसैबीच बुधबार ज्वालामुखी गाउँपालिका वडा नं. २ का ३६ वर्षीय पुरुषलाई कोरोना सङ्क्रमण पुष्टी भएको थापाले बताउनु भयो । धादिङमा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय २९ पुगेको छ भने १ सय ६३ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया