बागलुङ बाढीपहिरो अपडेट : ६ जनाको शव भेटियो , १० जना अझै बेपत्ता
छविलाल पाण्डे , बाग्लुङ । निरन्तरको वर्षासंगै गएराति आएको बाढीले बागलुङको ढोरपाटन नगरपालिका ९ भुजीखोला आसपासमा रहेका रहेका बस्ती नै बगाएको छ ।
अहिलेसम्म बाढिले ठुलो जनधनको क्षति गरेको छ । बाढीपहिरोमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको र करिव १० जना अझै बेपत्ता छन् । मृतकको सनाखत हुन सकेको छैन।
राति १२ बजेतिर देउराली र सुपुरदुङ क्षेत्रमा खसेको पहिरोमा त्यहाँका १५ वटाभन्दा बढी घर पुरिएका छन् । बाढीले कटान गरेपछि सडकसमेत क्षतविक्षत भएको छ ।
बिहान साढे ७ बजे इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको टोली घटनास्थल पुगेपछि स्थानीयसहित उद्धार सुरु गरिएको हो ।
बेपत्ताको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेनासमेत घटनास्थल पुगेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभएको छ ।
घटनास्थल सदरमुकामबाट १ सय ३० किमी पश्चिममा पर्छ । पहिरो खसेको थाहा पाएर पनि रातभर फोन र विद्युत् अवरुद्ध भएकाले उद्धार गर्न कठिनाइ भएको स्थानीयले जनाएका छन् ।
प्रतिक्रिया