सोमबार, असोज ११, २०७८

ललितपुरमा रातो मछिन्द्रनाथको रथ तान्दा झडप, प्रहरीले हान्यो अश्रुग्यास (तस्वीर)

ज्योतिन्यूज २०७७ भदौ १८ गते १५:३४

काठमाडौं । युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ । प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको छ । प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरे । ललितपुरको पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथ (बुगःद्य)को रथ निषेधाज्ञा जारी रहेको अवस्थामा नतान्नु भन्दाभन्दै बिहीबार जिल्ला प्रशासनको स्वीकृत विना तानिएकाले रथ तान्न रोक लगाउन प्रहरीले दमकलको सहायताले पानीको फोहोरा हानेको थियो । गत वैशाख १८ र १९ गते तान्नुपर्ने रथ कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण रोकिएको थियो । अहिले पनि निषेधाज्ञा बाबजूद स्थानीय जनताको दबाबमा रथ तान्न सुरू गरेको हो ।

प्रतिक्रिया