शुक्रबार, वैशाख ३१, २०७८

बञ्चरो प्रहार गरी जेठाजुद्वारा बुहारीको हत्या

ज्योतिन्यूज २०७७ भदौ १८ गते १५:५६

काभ्रे , १८ भदौ ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ दाप्चामा आज बिहान आफ्नै जेठाजुले बञ्चरो प्रहार गरी बुहारीको हत्या गरेका छन् ।

दाप्चाका सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया बुहारी रञ्जना तिमल्सिना अधिकारीलाई बञ्चरोे प्रहरी गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताउनुभयो ।

हत्यामा संलग्न अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया