अवैध रुपमा भन्सारछली गर्ने ७ जना सामानसहित पक्राउ
ज्योतिन्यूज
२०७७ भदौ १८ गते १८:२१
अवैध रुपमा भन्सारछली गर्ने ७ जना सामानसहित पक्राउ
धनुषा, १८ भदौ ।
नगराईन नगरपालिका-९ स्थित जटही चोकबाट अवैध रुपमा भन्सार छली भारततर्फ लैजाँदै गरेको प्रति बोरा २५ केजीका दरले २१ बोरा हरियो मटर, ५४ कार्टुन सोफी मदिरा र ४ वटा मोटरसाइकल सहित भारत मधुवनी भन्सार बस्ने २१ वर्षीय सन्तोष कुमार महतो समेत ७ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त सामानहरू र मोटरसाइकलसहित फेला पारी पक्राउ गरको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया