शुक्रबार, असार ११, २०७८

ललितपुरमाआज बिहानबाटै कर्फ्यु आदेश

ज्योतिन्यूज २०७७ भदौ १८ गते २१:५०

ललितपुर, १८ भदौ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले भोली शुक्रवार कर्फ्यु लगाउने निर्णय गरेको छ । रातो मच्छेन्द्रनाथको रथ तान्ने क्रममा विहिबार तनावग्रस्त स्थिती सिर्जना भएको कारण जिल्लामा बिहान ४ बजेदेखी राति १० बजेसम्म कर्फ्यू आदेश जारी भएको हो । ललितपुर जिल्ला प्रशासनका सूचना अधिकारी ललितकुमार बस्नेतका अनुसार कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि कर्फ्यू जारी गरिएको हो।

बिहीबार दिउँसो रातो मच्छिन्द्रनाथ रथ तान्न स्थानीयको भीड निस्केपछि प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । उक्त झडपमा स्थानीय, प्रहरी तथा पत्रकार समेत घाइते भएका छन् । कर्फ्यु लगाएपछि ललितपुरमा ब्यापक मात्रामा सुरक्षाकर्मी परिचालन हुनेछ भने कोही पनि घरबाट बाहिर निस्कन पाउने छैन । भिडभाड रोक्नको निम्ती कर्फ्यु अन्तिम विकल्प हो । परिस्थिती विग्रिएको खण्डमा आवश्कता अनुसार कर्फ्यु लगाउन सक्ने अधिकार स्थानीय प्रशासनलाइ कानुनले दिएको छ । सोही अधिकारको प्रयोग गरी कर्फ्यु आदेश जारी गरिएको प्रशासनको भनाइ छ ।
झडप भएपछि साँझ सुरक्षा अधिकारीहरूको बैठक बसेको थियो। उक्त बैठकमै सो निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया