बिहीबार, फागुन २०, २०७७

पदबाट राजिनामा दिने खतिवडाको घोषणा

ज्योतिन्यूज २०७७ भदौ १९ गते १४:५६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारको तर्फबाट मनोनयन हुने राष्ट्रियसभाको रिक्त एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई मनोनयन गर्ने निर्णय गरेसँगै अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाको मन्त्रीयात्रा टुँगिने निश्चित भएको छ । उनले आज साँझ नै मन्त्री पदबाट राजिनामा दिदै गरेको बताए ।

मन्त्रीपरिषदको बैठकले अब गौतमलाइ राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक चाहना र पार्टीको संस्थागत निर्णयबीचको टसलमा अल्झिएको यो सिट विवाद अन्त्यसँगै राष्ट्रियसभाले पूर्णतासमेत पाएको छ । नेकपा नेता बामदेव गौतमकै कारण पार्टी भित्र झगडा मौलाएको थियो, अब यसकै कारण पनि विवाद साम्य हुन सक्ने केही नेताहरुले बताएका छन् । दुइ तिहाइको सरकारको निम्ती राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्न बाँकी एउटा पदको निम्ती यतिका धेरै सकस हुनु अचम्मको कुरा हो ।

प्रतिक्रिया