मंगलबार, फागुन २५, २०७७

जब युवकले मान्छे मारेको भन्दै झोलामा टाउको लिएर आए…….

ज्योतिन्यूज २०७७ भदौ १९ गते १५:३७

धादिङ । शुक्रबार बिहान करीब १ बजे धादिङको जिल्ला प्रहरी कार्यालयमा एक युवकले वृद्धको हत्या गरी टाउको झोलामा बोकी आएर आत्मसमर्पण गरेका छन् ।

पहिले ती युवकले ‘टाउको झोलामा छ’ भन्दा नपत्याएका प्रहरीहरुले जब झोलामा साँच्चिकै टाउको भेट्टाए, तब सबैको होसहवास उडेको थियो ।

ती युवकका अनुसार, राति बाटोमा ६४ वर्षीय सोमबहादुर गुरुङलाई बाटोमा भेट्दा ‘कहाँ हिँडेको रु’ भनी सोध्दा उनले ‘तेरो श्रीमती भेट्न जान लाको’ भनेपछि सामान्य विवादबाट विवाद चर्कदै गएपछि हत्या भएको बताएका छन् ।

२३ वर्षीय युवक राजु परियारले गुरुङको हत्या गरीे मृतकको टाउको र हतियार खुर्पा बोकेर जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसमपर्णका लागि आएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए । प्रहरीले घटनास्थलको अवलोकन गरी शवलाई पोस्टमार्टमका लागि धादिङवेशी पठाइएको छ ।

प्रतिक्रिया