बुधबार, साउन २०, २०७८

शुक्रवार १३ सय ५९ जनामा कोरोना पुष्टि

ज्योतिन्यूज २०७७ भदौ १९ गते १६:२७

काठमाण्डौ ।
शुक्रवार नेपालमा कोरोनाभाइरसका १३ सय ५९ जना नया संक्रमित फेला परेका हुन् । गत २४ घण्टामा १३ हजार ६३८ परिक्षण गरिएकोमा सो मात्रामा संक्रमितहरु देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ४४ हजार २३६ पुगेको छ । ४६४ महिला र ८९५ जना पुरुष शुक्रवार संक्रमित भएका हुन्् ।
त्यसैगरी काठमाण्डौ उपत्यकामा ४५४ जना संक्रमित फेला परेका छन् ।
३८६ जना काठमाण्डौमा, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया