मंगलबार, मंसिर २१, २०७८

काठमाण्डौमा ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

ज्योतिन्यूज २०७७ भदौ १९ गते १६:३२

काठमाण्डौ । शुक्रवार काठमाण्डौ उपत्यकामा ४५४ जना संक्रमित फेला परेका छन् ।
३८६ जना काठमाण्डौमा, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना संक्रमित भेटिएका हुन् । त्यसैगरी शुक्रवार देशभर कोरोनाभाइरसका १३ सय ५९ जना नया संक्रमित फेला परेका हुन् । गत २४ घण्टामा १३ हजार ६३८ परिक्षण गरिएकोमा सो मात्रामा संक्रमितहरु देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ४४ हजार २३६ पुगेको छ । ४६४ महिला र ८९५ जना पुरुष शुक्रवार संक्रमित भएका हुन्् ।
हालसम्म क्वारेन्टीनमा ६५६१ जना रहेका छन् । २४ घण्टामा १३५४ निको भइ घर गएका छन् । यो सँगै नेपालमा २५हजार ५६१ जना निको भएका छन् ।

प्रतिक्रिया