आइतबार, साउन १७, २०७८

चितवनमा फेरी थपियो निषेधाज्ञा, ७ प्रकारका कामहरु गर्न छुट दिने निर्णाय

ज्योतिन्यूज २०७७ भदौ १९ गते १७:०५

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा फेरी एक साताको निम्ती थप गरेको छ । तर यसपटक भने खुकुलो बनाउँदै ७ प्रकारका कामहरु गर्न दिने भएको छ ।
अब निषेधाज्ञामा औषधि, पानी, ग्यास, दूध, तरकारी, खाद्यान्न पसल, पेट्रोल पम्प आदि जुनसुकै समयमा निर्वाध रुपमा सञ्चालन गर्न पाइनेछ । त्यसैगरी विहान १० देखि अपरान्ह ४ बजेसम्म किराना पसल, निर्माण सामग्रीका पसल, फेन्सी र कपडा पसल सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले बताए । त्यस्तै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भिडभाड नहुने गरी कार्यालय पनि सञ्चालन गर्न पाइनेछ । बैंक, वित्तीय संस्था र सहकारीका कार्यालय पनि ५० प्रतिशत कर्मचारी उपस्थित हुने गरी सञ्चालन गर्न पाइनेछ । यसबाहेक अन्य पसल व्यवसाय भने बन्द हुनेछ ।
कृषि उत्पादन तथा कृषि औजार ढुवानीका लागि प्रयोग हुने सवारी साधन, लामो तथा छोटो दूरीका मालसामान ढुवानी गर्ने साधन पनि चल्न पाउनेछन् ।
हेर्नुहोस, प्रशासनले जारी गरेको विज्ञप्ती

प्रतिक्रिया