शनिबार, असोज ९, २०७८

पोखरा महानगरपालिकामा खैलाबैला: विज्ञप्तीको ओइरो

ज्योतिन्यूज २०७७ भदौ १९ गते २२:४८

पोखरा,  १९ भदौ  ।
पोखरा महानगरपालिकाको भष्ट्राचारकाण्डबारे मिडिया तथा सामाजिक सञ्जालमा विभिन्न किसिमका टिकाटिप्पणीहरु आएपछि महानगर र सम्बद संस्थाहरुले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै  महानगरपालिकामा खैलाबैला पारी विज्ञप्तीको ओइरो लगाएका छन । विज्ञप्तीहरुमा खण्डन मण्डन र वास्तविकता उजागर गर्ने बताएका छन् ।

रामघाट, ढुँगा गिटी बालुवा संकलन सम्बन्धी ठेक्का पट्टाको क्रममा राजी कन्सट्रक्सनसँग रु.३ करोड बढी राजस्व संकलन नगरिएको विषयमा कर्मचारीको संलग्नता रहेको र उनीहरुले लोभमा परेको भन्ने सहितका विभिन्न समाचारहरु स्थानीय समाधान अनलाइन लगायतबाट आइरहेका छन् ।

उक्त सम्झौतामा हस्ताक्षर गर्ने तत्कालिन कमर्चारीलाई कारवाही प्रक्रिया अघि बढेको भन्दै समाचार बाहिर आएसँगै त्यसको खण्डन गर्दै महानगरपालिका नगरकार्यपालिकाको कार्यालय,महानगर निजामति कर्मचारी समिति तथा लेखा उपसचिब पौडेल र राजस्व फाँटका प्रमुख पाण्डेले छुटाछुट्टै विज्ञप्ती जारी गरेका हुन् ।

महानगरपालिकाको नगरकार्यपालिकाले जारी गरेको विज्ञप्तीमा दोषीहरु मथि छानविन गरि कारवाही प्रक्रिया अघि बढाइने भएको कारण विना आधार कर्मचारीलाई दोष नलगाउन आग्रह गरिएको छ ।

त्यसैगरी निजामति समितिले कर्मचारीहरुको इमान्दारीता माथि नै चोट पुग्ने गरि चरित्रहत्या गर्न प्रचार गरिएको भन्दै समाचार माथि आपत्ति जनाइएको छ ।

लेखा उपसचिब पौडेल र राजस्व फाँटका प्रमुख पाण्डेले आफ्नो संलग्नताबारे अनावश्यक भ्रम फैलाइएको भन्दै आफु सो घटनामा संलग्न भइ कुनै पनि गैरकानुनी काम नगरेकोे कारण आफ्नो चरित्रमाथि दाग नलगाउन आग्रह गरेका छन ।

केही महिना देखि पोखरा महानगरपालिकामा भइरहेको अनियमितताको कुरा सतहमा आएसँगै महानगर क्षेत्रमा गर्मागर्मी ह्वात्तै बढेको र पोखरा महानगरपालिकामा बेथिति ” धान खाने मुसो चोट पाउने……… “भन्ने समाचार शुक्रवार ज्योतिन्यूजले प्रकाशित गरको थियो

प्रतिक्रिया