बिहीबार, वैशाख ३०, २०७८

कोरोना अपडेटः अमेरिकामा आगामी जनवरीसम्म ४ लाखको मृत्य हुने सम्भावना

ज्योतिन्यूज २०७७ भदौ २० गते ९:५३

एजेन्सी , २० भदौ ।

गत डिसेम्बर १७ देखी चीनको हुवानबाट फैलिएको कोरोना(कोभिड–१९)भाइरसको महामारीको कारण अहिले सिंगो विश्व नै आतंकित भइरहेको छ । यसको सबैभन्दा बढि प्रभाव अमेरिका, इटली, स्पेन, ब्राजिल र भारतमा देखिएको छ । शुरुमा चीनको हुवान प्रान्तमा महामारीको रुप लिएको यो भाइरसले अहिले भारत, अमेरिका र ब्राजिल लगाएतका मुलुकमा अत्याधिक प्रभाव पारेको देखिन्छ । पछिल्लो समय अमेरिका, ब्राजिल र भारतमा यसले अत्याधिक महामारीको रुप लिंदै संक्रमितको संख्या दैनिक झण्डै १ लाखको नजिक पुग्ने गरेको छ । विश्वभर अहिले २ करोड ६८ लाखको हाराहरीमा संक्रमित देखिएका छन् भने यसबाट मृत्यु हुनेहरुको संख्या पनि अहिलेसम्म ८ लाख ७८ हजार नाघि सकेको छ ।
भारतमा विहिबार मात्र ८४ हजार संक्रमित देखिएका थिए । भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो छ भने सोहि अनुपातमा मृत्यु हुनेहरूको संख्या पनि बढिरहेको छ ।
पछिल्लो आंकडा अनुसारः यो महामारीबाट अमेरिकामा झण्डै ६४ लाख र ब्राजिल तथा भारतमा ४० लाखभन्दा माथी संक्रमित देखिएका छन् । यो क्रम निरन्तर बढ्दो छ ।
अमेरिका, भारत र ब्राजिलमा कोरोना भाइरसका कारण मृत्यु हुनेहरुको संख्या पनि अत्याधिक देखिएको छ । अमेरिकामा हालसम्म यो संक्रमणबाट १ लाख ९३ हजार नाघेको छ भने ब्राजिल र भारतमा क्रमशः१ लाख २५ हजार ५ सय ८४ र ६९ हजार ६ सय ३५ पुगेको छ ।
अहिलेसम्मको आंकडालाई हेर्दा अमेरिकामा जनवरीसम्म दोब्बर भन्दा बढिको मृत्यु हुने आशंका गरिएको छ । अमेरिकास्थीत वासिंगटन विश्वविधालयको स्वास्थ्य अनुसन्धान विभागले जनाए अनुसार आउने डिसेम्बरमा कोरोना भाइरसको संक्रमणबाट मृत्युहुनेको संख्या अत्याधिक वृद्धि हुने र त्यस महिनामा दैनिक ३ हजार भन्दा बढिको मृत्यु हुन सक्छ ।
यो मृत्युको आशंकालाई कम गर्न अमेरिकनहरुले मास्क प्रयोग गर्नु जरुरी देखिन्छ, तर त्यहाँका अधिकांश मानिस मास्क प्रयोग गर्न मानि रहेका छैनन् । स्वयम् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत मास्क प्रयोगको अनिवार्यतालाई अस्वीकार गर्दै आएका छन् ।
अमिरकामा मृत्यु दर आईएचएमई मोडेलबाट निकाल्ने गरिन्छ । यो मोडेल व्हाइट हाउसको कोरोना भाइरस टास्क फोर्सले तयार गरेको हो ।
अमेरिकामा अहिले दैनिक ८५० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया