बुधबार, साउन २०, २०७८

शनिवार थपिए १०४१ संक्रमित

ज्योतिन्यूज २०७७ भदौ २० गते १६:२८

काठमाण्डौ, २० भदौ । शनिवार नेपालमा कोरोना भाइरसका १०४१ ज्ना नया संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यो सँगै नेपालका कोरोना संक्रमित हुनेहरुको संख्या ४५ हजार २७७ पुगेको छ । त्यसैगरी वितेको २४ घण्टामा १५६६ जना निको भएर घर गएका छन् । हालसम्म २७ हजार १ २७ जना निको भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताउनुभयो ।

उनका अनुसार गत २४ घण्टामा ९ जनाको कोरोनाको कारण निधन भएको छ । यस सँगै देशभर २८० जना नेपालीले कोरोनाभाइरसको कारण ज्यान गुमाएका छन् । हालसम्म देशमा ७ लाख ५७ हजार ९६३ पिसिआर परिक्षण भएको छ । ६७०१ ज्ना क्वारेन्टीनमा रहेका छन् भने १७ हजार ८७० जना आइसोलेसनमा रहेका गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया