सोमबार, फागुन १७, २०७७

काठमाण्डौमा ४०८ जनामा कोरोना संक्रमण पुष्टि

ज्योतिन्यूज २०७७ भदौ २० गते १६:३६

काठमाण्डौ । शनिवार काठमाण्डौ उपत्यकामा ४०८ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुर ४५ गरी ४०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो ।
नेपालमा कोरोना भाइरसका १०४१ ज्ना नया संक्रमित थपिएका छन् । यो सँगै देशभर कोरोना संक्रमित हुनेहरुको संख्या ४५ हजार २७७ पुगेको छ । त्यसैगरी वितेको २४ घण्टामा १५६६ जना निको भएर घर गएका छन् । हालसम्म २७ हजार १ २७ जना निको भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले बताउनुभयो ।
उनका अनुसार गत २४ घण्टामा ९ जनाको कोरोनाको कारण निधन भएको छ । यस सँगै देशभर २८० जना नेपालीले कोरोनाभाइरसको कारण ज्यान गुमाएका छन् । हालसम्म देशमा ७ लाख ५७ हजार ९६३ पिसिआर परिक्षण भएको छ । ६७०१ ज्ना क्वारेन्टीनमा रहेका छन् भने १७ हजार ८७० जना आइसोलेसनमा रहेका गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया