शनिबार, असोज ९, २०७८

आइतबार पनि सुनको मुल्य घट्यो

ज्योतिन्यूज २०७७ भदौ २१ गते ११:४९

काठमाण्डौ,२१ भदौ । केही दिन देखी सूनको मूल्य निरन्तर गिरावट आइरहेको छ । आइतवार पनि सूनको मूल्य घटेको छ ।
आज २१ गते आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो।

यस दिन छापावाला सुन प्रतितोला ९६ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

चाँदीको भाउ भने आइतबार वृद्धि भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३२० रुपैयाँ निर्धारण गरिएको छ । गत साताको मंगलबार एक हजार ३९५ रुपैयाँसम्म पुगेको चाँदीको भाउ त्यसयता भने गिरावट भएको देखिन्छ । मूल्य घटबढ भइरहेको भएपनि सुनचाँदीको कारोबार भने देशभर नै ठप्प छ ।

प्रतिक्रिया