सोमबार, फागुन १७, २०७७

आइतवार ९८० जना नया संक्रमित थपिए

ज्योतिन्यूज २०७७ भदौ २१ गते १६:२८

काठमाण्डौ । आइतवार नेपालमा ९८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस व्रिफिङ्गको अवसरमा सो जानकारी गराएका हुन् । यो सँगै नेपालमा हालसम्मका जम्मा संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।
त्यसैगरी वितेको २४ घण्टामा १८१४ जना संक्रमितहरु निको भएर घर फिर्ता भएका छन् । यो सँगै हालसम्म निको हुनेहरुको संख्या २८ हजहार ९४१ पुगेको छ । त्यस्तै गत २४ घण्टामा ९ जनाको कोरोनाको कारण मृत्यु भएको छ । यो सँगै कोरोनाको कारण नेपालमा मृत्यु हुनेहरुको संख्या २८९ पुगेको छ ।

प्रतिक्रिया